काठमाडौं, सहकारी समस्याका विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आज बालुवाटारमा बस्दै छ। बालुवाटार स्रोतका अनुसार केहीबेरमा बैठक सुरु हुने तयारी भइरहेको छ।

बैठकमा सहकारी संस्थाका समस्यासम्बन्धी संसदीय छानबिन विशेष समितिको सिफारिसबारे छलफल हुने बताइएको छ। एमाले सांसद सूर्य थापाको नेतृत्वमा रहेको समितिले सहकारी संस्थाका समस्याको समाधानका लागि सहकारी प्राधिकरण गठन गर्न सुझाव दिएको थियो।
समितिले सहकारी विभाग र बोर्ड खारेज गर्न सुझाव दिएको भए पनि त्यसका लागि सहकारी ऐन नै संशोधन गर्नुपर्ने भएकाले सुझाव कार्यान्वयनमा आएको छैन।
यसैगरी, समितिले ५ लाखसम्मका साना बचतकर्ताको रकम फिर्ता गर्न पनि सुझाव दिएको थियो, तर सो सुझाव अझै कार्यान्वयनमा आउन सकेको छैन।
