The case against Ravi Lamichhane in the bench of Judge Nitij Rai

काठमाडौं, पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

The case against Ravi Lamichhane in the bench of Judge Nitij Rai

सोमबारदेखि लामिछानेसहित अन्य आरोपितहरूको बयान सुरु भएको छ। गोला प्रक्रियाबाट इजलास चयन गर्दा न्यायाधीश नीतिज राईको इजलासमा यो मुद्दा परेको हो।

न्यायाधीश नीतिज राई देशभरका न्यायालयमा कार्यरत कान्छा न्यायाधीश हुन्। २०४७ साल भदौमा जन्मिएका उनी हाल ३५ वर्षका छन्। देशभर २८२ जिल्ला न्यायाधीशमध्ये उनी २४५ औं वरियताक्रममा पर्छन्। उनले गत असारमा मात्रै लिखित परीक्षा उत्तीर्ण गरी न्यायाधीश पदमा नियुक्ति पाएका थिए।

२०७२ साल मंसिरमा न्यायसेवाको अधिकृत भएका राईले आठ वर्षको सेवापछि न्यायाधीश पदमा सफलता हासिल गरेका हुन्। कानुनमा स्नातकोत्तर (एलएलएम) गरेका राईले लिखित परीक्षामा १२ जना उत्तीर्णमध्ये स्थान बनाएका थिए।

रवि लामिछानेसहित सबै आरोपितहरूको बयान राईकै इजलासमा हुने छ। प्रारम्भिक सुनुवाइपछि उनीहरूलाई थुन्ने वा छाड्ने निर्णयसमेत राईकै इजलासले गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *