Muglin Naubise road section will be closed for three hours daily for five days

काठमाडौं, मुग्लिङ–नौबिसे सडकखण्ड आइतबारदेखि पाँच दिनसम्म दैनिक तीन घण्टा बन्द हुने भएको छ। पोखरेभिर र विशालटारमा मोड सुधारका लागि चट्टान काट्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गरिने नागढुङगा–मुग्लिन सडक योजनाले जनाएको छ।

Muglin Naubise road section will be closed for three hours daily for five days

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सडक बन्द हुने क्रममा भारी र हलुका सवारीसाधनका लागि रोक्ने स्थानहरू तोकिएको छ।

  • नौबिसेबाट गजुरी छिर्ने:
    • भारी सवारी गल्छी–बैरेनी
    • हलुका सवारी जरेखेत
  • चितवनबाट नौबिसे छिर्ने:
    • भारी सवारी चालिसे
    • हलुका सवारी घाटबेँसी

विशालटार मोड सुधारका लागि:

  • मुग्लिनबाट मलेखु छिर्ने:
    • भारी सवारी मझिमटार
    • हलुका सवारी चरौंदी बजार
  • मलेखुबाट मुग्लिन छिर्ने:
    • भारी सवारी बेनिघाट बजार
    • हलुका सवारी विशलालटार

एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधनलाई भने मिलाएर चलाउन दिने व्यवस्था गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न आग्रह गरेको छ।

69 thoughts on “मुग्लिन–नौबिसे सडकखण्ड पाँच दिनसम्म दैनिक तीन घण्टा बन्द हुने”

Leave a Reply

Your email address will not be published. Required fields are marked *