The 23rd National Conference of Revolutionaries held in Pokhara 1

काठमाडौं, नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन आइतबार कास्कीको पोखरामा सम्पन्न भएको छ।

The 23rd National Conference of Revolutionaries held in Pokhara 1

सम्मेलनले बिरेन्द्र शाहको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। १० पदाधिकारीसहित गठित समितिमा रुपा बुढा मगरडिबी बुढाथोकी उपाध्यक्षमा, उषाकिरण आजाद महासचिवमा, डिबी शाही, रमेश सुनार, गोविन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट सचिवमा र कमला परियार कोषाध्यक्षमा निर्वाचित भएका छन्।

सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता सम्मेलन आयोजक समिति संयोजक मिलन राईले गरेका थिए भने प्रमुख अतिथि नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रहेका थिए।
त्यस्तै, कार्यक्रममा संगठनका पूर्व अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पूर्व महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक इन्चार्ज अनन्त, कास्की इन्चार्ज सुजन आयाम लगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *