Meteorological Department website hacked unable to retrieve information

काठमाडौं, जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाको आधिकारिक वेबसाइट (www.mfd.gov.np) ह्याक भएको छ। गएरातिसम्म खुला रहेको यो वेबसाइट आज बिहानदेखि ह्याक भएको पुष्टि भएको छ।

Meteorological Department website hacked unable to retrieve information

महाशाखाले नियमित रूपमा मौसमी गतिविधिको जानकारी प्रदान गर्दै आएको छ। तर, वेबसाइट ह्याक भएपछि मौसमसम्बन्धी प्रत्यक्ष जानकारी लिन प्रयोगकर्ताहरू असमर्थ भएका छन्।

विभागका महानिर्देशक कमलराम जोशीले आफूलाई वेबसाइट ह्याक भएको विषयमा जानकारी नभएको बताएका छन्। ‘त्यसबारे मलाई जानकारी थिएन, म बुझेर आइटीलाई खबर गर्छु,’ उनले प्रतिक्रिया दिए।

वेबसाइट ह्याक हुनुको कारण र यसको पुनःसञ्चालन कहिले हुनेछ भन्ने विषयमा अझै स्पष्ट जानकारी प्राप्त भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *