काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको छ। निगमका अनुसार काठमाडौँ, पोखरा, र दीपायल डिपो अन्तर्गत पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ।
यस्तै, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले घटेर १५१ रुपैयाँ कायम गरिएको छ।
सुर्खेत र दाङ डिपोअन्तर्गत पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५० रुपैयाँ निर्धारण गरिएको छ। बाँकी क्षेत्रमा पेट्रोल १५९.५० रुपैयाँ र डिजेल मट्टितेल १४८.५० रुपैयाँ पर्नेछ।
भारतबाट पेट्रोलियम पदार्थ आयात गर्ने निगमले त्यहाँको नयाँ मूल्यसूचीअनुसार मूल्य समायोजन गर्ने जनाएको छ।