ABC TV channel to pay 150 million in damages for false news against Trump 1

काठमाडौं, आज मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाउँदैछन्। यो पर्व पितृको मान र प्रकृतिको सम्मानको प्रतीक हो।

ABC TV channel to pay 150 million in damages for false news against Trump 1

किरात समुदायका विभिन्न जातिहरूले आ–आफ्नो परम्पराअनुसार यस पर्वलाई मनाउने गर्छन्। याक्खाले “चासुवा”, सुनुवारले “फोलस्यादर”, राईले “उधौली सकेला”, र लिम्बूहरूले “चासोक तङनाम” मनाउँछन्। यो दिन अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खान अनुमति माग्ने र पितृलाई स्मरण गर्ने परम्परा छ। बाली लगाउने समयमा भने उभौली पर्व मनाइन्छ।

आज बिहानैदेखि किरात समुदायका महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर भूमिपूजा गर्दै विभिन्न सिली (नृत्य) प्रस्तुत गरी पर्व मनाइरहेका छन्। विशेषगरी ललितपुरको सानो हात्तीवन, किरातकालदेखिको ऐतिहासिक र धार्मिक स्थल, मुख्य पूजास्थल बनेको छ।

पूजापछि किरात समुदायले साकेला सिली र च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने गर्छन्। वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरेका किरातहरूले आज उधौली पूजा गरी पहाडबाट समथर भूभागतिर झर्ने गर्छन्। यो प्रक्रिया पर्यावरणीय अनुकूलताको प्रतीक मानिन्छ।

उभौलीमा खेती राम्रो होस् भनी पूजा गरिन्छ भने उधौलीमा सफल खेतीका लागि भूमे (साकेला) लाई धन्यवाद दिने गरिन्छ। यस पर्वको अवसरमा आज सार्वजनिक बिदा पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *