Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 1

काठमाडौँ, देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यद्यपि, देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ।

Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 1

आज दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने भए पनि अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। रातिको समयमा पनि देशभर मौसम सफा रहनेछ।

तराई र उपत्यकाका धेरै स्थानहरूमा बिहान हुस्सु तथा केही स्थानहरूमा कुहिरो लाग्न सक्ने सम्भावना रहेकोले यसले दैनिक जनजीवन, यातायात, तथा हवाई उड्डयनमा आंशिक असर गर्न सक्ने महाशाखाले चेतावनी दिएको छ। आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *