Prime Minister Oli accuses Maoists of forgery and spreading confusion

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले जाली, फटाहा र बेइमानहरूको नेतृत्व गरिरहेको गम्भीर आरोप लगाएका छन्। शुक्रबार आदिवासी जनजाति महिलाहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी केन्द्रले एमाले र आफ्नोविरुद्ध भ्रम फैलाउने काम गरिरहेको बताएका हुन्।

Prime Minister Oli accuses Maoists of forgery and spreading confusion

प्रधानमन्त्री ओलीले भने, “जुन दिन यो देशमा माओवादी सक्रिय भयो, त्यसै दिनबाट जाली र फटाहा तत्वहरू अघि बढ्न थाले। माओवादी नेतृत्वका कारण सामाजिक सञ्जालको दुरुपयोग गरी झुटा कुरा फैलाउने काम भइरहेको छ।”

ओलीले एमालेका वरिष्ठ नेता वामदेव गौतमसँगको कुराकानीको प्रसंग पनि साझा गर्दै, गौतमलाई समेत भ्रम पर्नेगरी आफ्नो आवाज प्रयोग गरेर युट्युबमा गलत सामग्री राखिएको दाबी गरे। “गौतमले मेरो आवाज सुन्नुभयो, तर मसँग प्रत्यक्ष कुरा गरेको चिन्नुभएन। एआई प्रविधिको प्रयोग गरी यस्तो गरिएको हुनसक्छ,” उनले भने।

प्रधानमन्त्रीले माओवादीलाई अस्थिरताको कारकको रूपमा चित्रित गर्दै भने, “देशमा स्थिरता ल्याउन कांग्रेस र एमाले मिलेर सरकार बनाएका हौँ। अहिलेको सरकारले सफलताका साथ अघि बढिरहेको छ, र अब भ्रष्टाचारविरुद्ध कडा कारबाही गरिनेछ।”

ओलीले कुनै पनि भ्रममा नपर्न आग्रह गर्दै एमालेलाई कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरे। समाजमा पहिलाजस्तो विवाद र अराजकता नभएको र कानुनी शासन बलियो बनाउने प्रतिवद्धता व्यक्त गर्दै उनले आफ्नो नेतृत्वलाई थप सुदृढ पार्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *