Syrian rebel leader Mohammed al Bashir appointed interim prime minister

काठमाडौँ, सिरियामा विद्रोही समूहका नेता मोहम्मद अल-बसिरलाई अन्तरिम प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको छ। उनले विद्रोहीहरूसँग मिलेर बसर अल असदलाई सत्ताच्युत गर्न महत्वपूर्ण भूमिका खेलेका थिए।

Syrian rebel leader Mohammed al Bashir appointed interim prime minister

स्थानीय सञ्चारमाध्यमका अनुसार, टेलिभिजन सम्बोधनमा अल-बसिरले आफ्नो कार्यकाल अर्को वर्षको मार्च १ सम्म रहने जानकारी दिएका छन्। उनी सानो मन्त्रिपरिषद्‌को नेतृत्व गर्नेछन्, जसको मुख्य उद्देश्य सार्वजनिक सेवाहरू पुनः सञ्चालनमा ल्याउनु हो।

हाल अल-बसिर इदलिब प्रान्तको प्रशासनको जिम्मेवारीमा रहेका छन्। यो घोषणा केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्कन आग्रह गरिरहेको समयमा भएको हो।

आइतबार विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेपछि सिरियालाई स्वतन्त्र भएको घोषणा गरेका थिए। यसअघि, एलेप्पो, हामा, र होम्स जस्ता प्रमुख क्षेत्र विद्रोहीको नियन्त्रणमा आएका थिए।

देश छोडेर भागेका तत्कालीन राष्ट्रपति बसर अल असदलाई रुसले आश्रय दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *