Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India

काठमाडौँ, हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। सोमबार बिहान, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशको मौसम सामान्यदेखि पूर्णतया बदली भएको छ भने, अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India

मध्य र पूर्वी तराईका धेरै क्षेत्रमा हुस्सु र केही स्थानमा कुहिरो छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले सोमबार बिहान ६ बजे प्रकाशित बुलेटिनमा उल्लेख गरेको छ।

आगामी ३ दिनको मौसम पूर्वानुमान:

  • सोमबार: दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशमा मौसम साधारणदेखि पूर्णतया बदली रहने छ, बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशका केही स्थानमा हल्का वर्षा र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। राति: कर्णाली प्रदेश र अन्य पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।
  • मंगलबार: दिउँसो कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। राति: कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ, अन्य भूभागमा मौसम मुख्यतया सफा रहने छ।
  • बुधबार: दिउँसो र राति कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ, बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आगामी २४ घण्टामा चेतावनी र परामर्श: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोसी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी भूभागमा हिमपातको सम्भावना रहेको छ। बिहानको समयमा तराई र उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना छ। यसले दैनिक जनजीवन, यातायात र हवाई उड्डयनमा आंशिक असर पुर्याउन सक्छ, त्यसैले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *