The Standing Committee meeting of Nepal Communist Party led by Netra Vikram Chand Biplav has started

काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक कपिलवस्तुस्थित पार्टी केन्द्रीय कार्यालय शिवगढीमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीति, भावी योजना तथा आगामी केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल हुने पार्टी सचिवालयले जनाएको छ।

The Standing Committee meeting of Nepal Communist Party led by Netra Vikram Chand Biplav has started

पार्टीका सचिवालय सदस्य विमर्श आचार्यका अनुसार, सोमबार र मङ्गलवार पोलिटब्युरो बैठक पनि बस्नेछ। यी बैठकहरूले तय गरेका एजेन्डा मंसिर २६ गते बस्ने केन्द्रीय समिति बैठकमा पेस गरिनेछ।

विप्लव नेतृत्वको पार्टीले प्रत्येक ६ महिनामा केन्द्रीय समिति बैठक गर्ने व्यवस्था अनुसार यो बैठक आयोजना गरेको हो। यसअघि वैशाखमा बसेको बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र आगामी २०८४ को निर्वाचनलाई रणनीतिक रूपमा उपयोग गर्ने निर्णय गरेको थियो।

बैठकले हालैको राजनीतिक परिदृश्य र पार्टीको भावी मार्गचित्रमा केन्द्रित रहँदै रणनीतिक योजना बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *