काठमाडौं, नेपाली कांग्रेसले मंसिर २४ गते बिहान ९ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि सूचना दिइसकिएको छ।
प्रधानमन्त्रीको हालै सम्पन्न चीन भ्रमणका क्रममा भएको बीआरआई फ्रेमवर्क सम्झौताबारे बैठकमा विशेष छलफल हुने जानकारी दिइएको छ। सोही छलफलबाट पार्टीको औपचारिक धारणा तय गरिने बताइएको छ।
