CPN UML secretariat meeting preparation to speak local level by election Rajens visit to China main agenda

काठमाडौं, नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी गरेको छ। हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको समीक्षा र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणलगायतका विषयमा छलफल गर्न बैठक बोलाउने तयारी गरिएको हो।

CPN UML secretariat meeting preparation to speak local level by election Rajens visit to China main agenda

मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ। कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौं महानगरपालिका वडा नम्बर १६ सहितका स्थानमा जित्ने अपेक्षा राखेको एमालेले आफ्ना धेरै ठाउँमा पराजय व्यहोरेको छ। विशेष गरी कीर्तिपुरको मेयर पद गुमाउनु पार्टीका लागि ठूलो झट्का मानिएको छ। यसका कारण उपनिर्वाचनको नतिजाबारे पार्टीभित्र गम्भीर समीक्षा गर्नुपर्ने माग उठेको छ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बैठक दुई-तीन दिनभित्र बोलाउने तयारी भइरहेको जानकारी दिए। ‘ठ्याक्कै मिति तोकिएको छैन, तर एक दुई दिनभित्र बैठक बोल्ने सम्भावना छ,’ उनले भने।

सचिवालय बैठकमा निर्वाचन परिणामको समग्र समीक्षा, आगामी रणनीति र प्रधानमन्त्रीको चीन भ्रमणको उपलब्धिबारे गहन छलफल हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *