The Maoist Center called a meeting of the Standing Committee to discuss the agenda of constitutional amendment

काठमाडौं, नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ। बिहीबार बसेको पार्टीको पदाधिकारी बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो।

The Maoist Center called a meeting of the Standing Committee to discuss the agenda of constitutional amendment

नेताहरूका अनुसार सरकारले संविधान संशोधनको प्रयासलाई अगाडि बढाउन खोजेकाले त्यसबारे पार्टीको धारणा तय गर्न स्थायी समितिको बैठक राखिएको हो।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस ४ गते बस्ने तय भएको छ। सो बैठकको तयारी र एजेन्डाहरूमा छलफल गर्न स्थायी समितिको बैठक बोलाइएको हो।

पार्टीका सचिव देवेन्द्र पौडेलले स्थायी समितिको बैठक बोलाउने निर्णय भएको पुष्टि गरे। बैठकमा संविधान संशोधनसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा पार्टीको स्पष्ट धारणा तयार पार्ने विषयमा केन्द्रित छलफल हुने बताइएको छ।

पार्टीका उपमहासचिव वर्षमान पुनका अनुसार, संविधान जारी गर्दा सम्बोधन हुन नसकेका कतिपय विषयलाई पुनः उठाएर अगाडि बढ्ने तयारी छ। “केन्द्रीय समितिको बैठकबाट ठोस निर्णय गरेर अगाडि बढ्छौं,” पुनले भने।

बिहीबारको पदाधिकारी बैठकमा नेताहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संसद बाहिरबाट मन्त्री बनाउने व्यवस्थाका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएका छन्।

नेताहरूका अनुसार, यी मुद्दामा प्रतिपक्षी दलहरूसँग समेत छलफल गरी साझा धारणा बनाउने र पार्टीको संरचना प्रयोग गर्दै जनतामाझ जाने योजना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *