On the occasion of Margashirsha Krishna Chaturdashi scattering Shatabees in temples across the country

काठमाडौँ, मार्गशीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज देशभरका शिवालयहरूमा शतबीज छर्ने धार्मिक परम्परा सम्पन्न हुँदैछ। काठमाडौँको पशुपति क्षेत्रमा मात्र १४ स्थानमा शतबीज छरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

On the occasion of Margashirsha Krishna Chaturdashi scattering Shatabees in temples across the country

पशुपतिनाथको मूल मन्दिर, वाग्मती नदी किनार, भष्मेश्वर महादेव, रुद्रगाडेश्वर, गौरीघाट, र मृगस्थलीलगायत स्थानमा भक्तजनहरूले दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दै बालाचतुर्दशी पर्व मनाइरहेका छन्।

रातभर दीपदान गरी जाग्राम बसेका भक्तजनहरूले विहान वाग्मती नदीमा दीप सेलाएर र दिवंगत पितृहरूको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने परम्परा रहेको छ। सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्ने काम मृगस्थलीमा रहेको बहिरा गणेश नजिक पुगेर समापन गरिने कोषले जनाएको छ।

यस अवसरमा लाखौँ भक्तजन पशुपतिनाथ मन्दिर र देशभरका शिवमन्दिरमा भेला भएका छन्। जाडोको मौसमलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा विशेष व्यवस्थापन गरिएको छ भने सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ।

बालाचतुर्दशी पर्वसँग सम्बन्धित ऐतिहासिक कथा अनुसार भगवान् शिवले मृगरूप धारण गरी मृगस्थलीमा विहार गरेको स्थानमा देवी पार्वतीले बीज छर्दै शिवलाई चिन्ने प्रयास गरेको जनश्रुति रहेको छ। यस दिन बीज छर्दा सुन दान गरे बराबरको पुण्य प्राप्त हुने विश्वास छ।

धर्मशास्त्रविद्हरूका अनुसार बरखी बारेका व्यक्तिहरूले यस दिन दीपदान र शतबीज छर्नु नहुने धार्मिक परम्परा रहेको छ। तर, कतिपय भक्तजन कुल परम्पराअनुसार यसरी सहभागी भएको देखिएको छ।

पशुपति क्षेत्रमा पुग्ने भक्तजनहरूले वासुकी र गुह्येश्वरीको पूजा गरी बालाचतुर्दशी पर्व मनाउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *