Chance of light snowfall in high Himalayan region

काठमाडौं, देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश, गण्डकी प्रदेश, र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहँदा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

Chance of light snowfall in high Himalayan region

त्यस्तै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि आइतबार पनि कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम सफा रहने अनुमान गरिएको छ। विशेष गरी कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुनसक्ने जनाइएको छ।

हिमपातका कारण पर्यटन तथा पर्वतारोहण क्रियाकलापमा आंशिक असर पर्न सक्ने भन्दै मौसमविदहरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *