काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले ०८४ को आम निर्वाचनमा सबै दलसँग प्रतिस्पर्धा गर्न तयारी गरेको बताएका छन्।

उनले, नेकपालाई निर्वाचनमा सहभागी हुन वातावरण तयार पार्नका लागि विगतमा सरकारसँग भएको तीन बुँदे सम्झौताका बुँदाहरू कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरे।
शनिबार काठमाडौँमा नेकपा पुनर्गठनको ११औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा महासचिव विप्लवले भने, “मध्यम वर्गीयको चाहना नेकपाले आगामी निर्वाचनमा भाग लियोस् भन्ने छ। हामी चाहन्छौँ कि सरकारले विगतमा गरेका तीन बुँदे सम्झौताहरू कार्यान्वयन गरोस्, झुटा मुद्दामा फसाएका साथीसँग अन्याय नगरी रिहाइ गरोस्। यदि सरकार हाम्रो सहमति कार्यान्वयन गर्छ भने, हामी ०८४ को निर्वाचनमा सबै दलसँग प्रतिस्पर्धा गर्न तयार छौँ। हामी ६७४३ वडामा, ७५३ पालिकामा र १६५ निर्वाचन क्षेत्रमा निर्वाचन लड्ने छौँ।”
कार्यक्रममा विप्लवले आगामी निर्वाचनमा एकीकृत जनक्रान्तिलाई प्रयोग गर्ने आफ्नो योजना स्पष्ट पारे।
