काठमाडौँ, नेपालको मौसममा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ भने भारतको उत्तर प्रदेशको तल्लो वायुमण्डलमा रहेको कमजोर न्यून चापीय प्रणालीले पनि केही प्रभाव पारिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार बिहान (६ बजे) को स्थिति अनुसार, कोसी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ। बाँकी क्षेत्रको मौसम भने मुख्यतः सफा रहेको छ।
दिउँसोको मौसम पूर्वानुमान
दिउँसो कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने अपेक्षा गरिएको छ। ती क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।
रातिको मौसम पूर्वानुमान
आज राति कोसी, गण्डकी, र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। बाँकी भूभागको मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ। ती क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा यी तथ्यहरू उल्लेख गरेका छन्।
