Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 3

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आफ्नो एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ओमानी रियाललाई नेपालमा खरिद-बिक्री हुने विदेशी मुद्राको सूचीमा थपेको जनाएको छ।

Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 3

विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक, राजेन्द्र भट्टराईका अनुसार, विदेशी विनिमय ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ अनुसार ओमानी रियाललाई नेपालमा कारोबारका लागि थप गरिएको हो।

हाल नेपालमा २१ वटा विदेशी मुद्राको खरिद-बिक्री भइरहेको छ, र ओमानी रियालको थपले ओमानमा वैदेशिक रोजगारीका लागि जाने नेपाली नागरिकहरूको लागि सुविधाजनक बनाउने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *