काठमाडौं, ललितपुरको यलमाया केन्द्रमा चार दिनसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का लगायत नौ देशका ४७ लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिनेछ।

सहायक निर्देशक पवस मानन्धरका अनुसार, यो वर्षको महोत्सवको थिम ‘डकुमेन्ट्री इन एन्थ्रोपोसिन’ राखिएको छ। महोत्सवमा पहिलो पटक ‘वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्ड’ पनि थप गरिएको छ।
प्रतिस्पर्धात्मक विधामा उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र र क्लाइमेट क्राइसिस अवार्ड प्रदान गरिनेछ।
महोत्सव बिहान ९ बजेदेखि सुरू हुनेछ, जसमा निर्देशनसम्बन्धी कार्यशालासमेत आयोजना हुनेछ। भारतका प्रख्यात निर्देशक कवीर खान कार्यशालामा सहभागी हुनेछन्। पहिलो दिन विद्यार्थीहरूद्वारा निर्माण गरिएका सात लघु चलचित्र तीनवटा हलमा प्रदर्शन गरिनेछ।
वृत्तचित्र हेर्न र सिर्जना गर्न चाहनेहरूको लागि यो महोत्सव प्रेरणादायी हुने अपेक्षा गरिएको छ।