काठमाडौँ, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो देशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
