काठमाडौं, असोज महिनामा आएको अविरल वर्षा र बाढी–पहिरोका कारण नेपालमा भौतिक पूर्वाधार, निजी आवास, कृषि, स्वास्थ्य, र शिक्षा क्षेत्रमा ४६ अर्ब ६८ करोड ४३ लाख रुपैयाँको प्रारम्भिक आर्थिक क्षति पुगेको छ।
बाढीले २ सय ४९ जनाको ज्यान लिई १८ जनालाई बेपत्ता बनाएको र १ सय ७७ जना घाइते भएका छन्।