काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज, शुक्रवारको लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनार लगायत अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि यी मुद्राहरुको मूल्यमा गिरावट आएको थियो।

तर, अमेरिकी डलर र बहराइन दिनारको मूल्यमा आज वृद्धि भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ विनिमय दरअनुसार, आजका लागि अमेरिकी डलरको एकको खरिददर १३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा रहेको छ। हिजो यो दर क्रमशः १३४ रुपैयाँ ७१ पैसा र १३५ रुपैयाँ ३१ पैसा थियो।
युरोको मूल्य आज घटेर खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा पुगेको छ। हिजो युरोको खरिददर १४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६० पैसा थियो।
पाउन्ड स्ट्रर्लिङको मूल्य पनि घटेर खरिददर १७० रुपैयाँ ३० पैसा र बिक्रीदर १७१ रुपैयाँ ०६ पैसा रहेको छ। हिजो पाउन्डको खरिददर १७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३५ पैसा थियो।
अस्ट्रेलियन डलरको मूल्य पनि केही घटेर खरिददर ८७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा पुगेको छ। हिजो अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा थियो।
कुवेती दिनारको मूल्य पनि केही घटेर खरिददर ४३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ८६ पैसा पुगेको छ। हिजो कुवेती दिनारको खरिददर ४३७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४३९ रुपैयाँ ९० पैसा थियो।
तर, बहराइन दिनारको मूल्य आज केही बढेर खरिददर ३५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १२ पैसा भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५९ रुपैयाँ थियो।