काठमाडौं, उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) ले पहिलोपटक उत्तर कोरियाली सैनिकहरू रुसको कुर्स्क क्षेत्रमा तैनाथ गरिएको दाबी गरेको छ।

नेटोका महासचिव मार्क रुटेले सोमबार दक्षिण कोरियाली सुरक्षा र रक्षा अधिकारीहरूसँगको भेटमा यो कुरा सार्वजनिक गरेका हुन्। उनले यस विषयमा गुप्तचर सूचनाहरूका आधारमा जानकारी प्राप्त भएको बताएका छन्।
गत हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सेना रुस पुगेको दाबीलाई अस्वीकार गरेका थिए। तर, दक्षिण कोरियाको गुप्तचर एजेन्सीले हालै उत्तर कोरियाका १५ सय सैनिक रुस पुगेको दाबी गरेको छ। यसैबीच युक्रेनी सैन्य गुप्तचरहरूले पनि उत्तर कोरियाले रुससँग निकट सैन्य सहकार्यको तयारी गरिरहेको रिपोर्ट गरेका छन्।
रुस र युक्रेनबीच सन् २०२२ को फेब्रुअरीदेखि जारी युद्धको क्रममा यो सम्भावित गठबन्धनलाई थप संवेदनशीलताका साथ हेरिएको छ।
