Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 1

काठमाडौँ, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

Local winds over the country westerlies and partial influence of low pressure area around Odisha India 1

भोलि मंगलबार पनि कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। यी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *