Defeated India in a tiebreaker and entered the finals of Nepal SAFF Womens Championship

काठमाडौँ, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमाञ्चक दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको छ।

Defeated India in a tiebreaker and entered the finals of Nepal SAFF Womens Championship

नेपालको जितमा सावित्रा भण्डारी, गीता राना, सविता रानामगर, र अमिसा कार्कीले गोल गरेका थिए। भारतको तर्फबाट मनिषा र के. पुरुषोत्तमले गोल गरे पनि कप्तान आसालता र रञ्जना चानुले पेनाल्टीमा चुक्दा टाइब्रेकरमा भारत पराजित भयो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।

अब उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यसअघि पनि यी दुई टोलीले लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने प्रतिस्पर्धा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *