काठमाडौं, खेल डालासस्थित ग्राण्डप्रेरी स्टेडियममा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ। नेपाल र अमेरिकासँगै स्कटल्याण्ड पनि समावेश रहेको यस सिरिजको पहिलो खेल शुक्रबार भएको थियो। सो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो।

गत महिना क्यानडामा भएको लिग टु सिरिजमा जितविहीन बनेको नेपाल र पहिलो खेलमा स्कटल्याण्डसँग लज्जासपद हारपछि नेपाल र अमेरिका दुवै टोली दबाबमा छन्। नेपाल क्यानडा र ओमान सम्मिलित लिग टु सिरिजमा जितविहीन बनेको थियो। तीन खेलमा पराजित भएको नेपालले एक खेल वर्षाका कारण रद्द हुँदा १ अंक जोडेको थियो।
घरमा भएको नेदरल्याण्ड्स र नामिबिया सम्मिलित लिग टु मा नेपालले जममा १ खेल जितेको थियो। अहिलेसम्म लिग टु मा ८ खेल खेल्दा नेपालले जम्मा १ जित हात पारेको छ र ३ अंक जोडेको छ। अंक तालिकामा नेपाल ८ टिममध्ये सातौं स्थानमा छ, जबकि ९ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ।
नेपाल र अमेरिकाबीचको पछिल्लो पाँच ओडिआई खेलमा दुवै टोलीले २-२ खेल जितेका छन्, र एक खेल भने बराबरी भएको थियो। पछिल्लो पटक जिम्बाव्वेमा भएको वानडे विश्वकप छनोटको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो।
नेपालका लागि यो सिरिज एकदिवसीय क्रिकेटमा पुनरागमन गर्दै राम्रो अवसर हुनेछ। केही दिनअघि अमेरिका विरुद्धको तीन खेलको टी२० आई सिरिज ३-० ले क्लिन स्वीप गरेको थियो। टी२० सिरिजमा नेपालका टप अर्डर ब्याटरले लय लिएका थिए।
त्यही लय एकदिवसीय क्रिकेटमा कायम राख्न सके नेपालले लिग टु मा पनि राम्रो प्रदर्शन गर्न सक्नेछ। टी२० सिरिज जितेपछि कप्तान रोहित कुमार पौडेलले यो जितबाट नेपाली टिममा आत्मविश्वास बढेको र त्यसलाई कायम राख्न सके जुनसुकै टिमलाई हराउन सक्ने प्रतिक्रिया दिएका थिए।
लिग टु को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भइसकेको छ। जसमा टी२० सिरिज गुमाएका सन्दीप लामिछानेले पुनरागमन गरेका छन्, जबकि सागर ढकाल र देव खनाल भने रिजर्वमा छन्।
Good Luck.