काठमाडौँ, नेपालमा अहिले स्थानीय वायु, पश्चिमी वायु, र भारतको ओडिशा आसपासको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। यसका कारण कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। अन्य भूभागहरूमा भने मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसोको मौसममा कोशी र बागमती प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली रहिरहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अपेक्षा गरिएको छ। यद्यपि, देशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना पनि छ।
आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने संभावना छ।
महाशाखाले कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको संभावना रहेको भन्दै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक, र हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
