Nationalist Congress Party NCP leader Baba Siddiqui shot dead

भारत, शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा बाबा सिद्दिकीमाथि कैयौँ राउन्ड गोली चलाइएको थियो। घटनापछि उनलाई गम्भीर अवस्थामा लीलावती अस्पतालमा भर्ना गरिएको थियो।

Nationalist Congress Party NCP leader Baba Siddiqui shot dead

घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलन गरी बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका छन्।

मुख्यमन्त्री शिन्देले यस घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको र एकजनाले भाग्न सफल भएको जानकारी दिएका छन्। पक्राउ पर्नेमा एकजनाले हरियाणा र अर्का एकजनाले उत्तर प्रदेशबाट भागेका छन्।

सिद्धिकीको हत्याले महाराष्ट्रमा राजनीतिक तनाव बढाएको छ, र यस घटनाबारेमा विस्तृत अनुसन्धानको प्रक्रिया सुरु गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *