Nepal lost to Uzbekistan in the final of Kava U 20 Mens Volleyball Championship

काठमाडौं, सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको छ।

Nepal lost to Uzbekistan in the final of Kava U 20 Mens Volleyball Championship

श्रीलङ्काको कोलम्बोमा आज सम्पन्न फाइनल खेलमा नेपालले पहिलो सेट २७–२५ को जित निकाले पनि बाँकी तीन सेटमा उज्वेकिस्तानको दबदबा रह्यो। दोस्रो सेटमा २५–१०, तेस्रो सेटमा २५–१६, र अन्तिम सेटमा २५–२० ले पराजित हुँदै नेपालले उपाधि जित्नबाट चुकेर फर्स्ट रनरअप बन्यो।

समूह चरणमा नेपालले तुर्कमेनिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। प्रतियोगितामा नेपालले श्रीलङ्का, तुर्कमेनिस्तान, र माल्दिभ्सलाई पराजित गरे पनि किर्गिस्तान र उज्वेकिस्तानसँग हार बेहोरेको थियो।

श्रीलङ्का भलिबल फेडेरेसनको आयोजनामा भएको यस प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्कमेनिस्तान, माल्दिभ्स, किर्गिस्तान, र उज्वेकिस्तान सहभागी थिए। प्रतियोगिता असोज २० गतेदेखि श्रीलङ्कामा सञ्चालन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *