काठमाडौँ, आज कोशी प्रदेश, मधेस प्रदेशका अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ, भने बाँकी भागमा पश्चिमी वायुको प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। देशका अन्य भागहरूमा आंशिक बदलीका साथै मौसम मुख्यतः सफा रहने अपेक्षा छ।
कोशी प्रदेशको पहाडी क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने हुनसक्ने बताउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
