काठमाडौँ, रामकुमार राईको गित “म चेली आज जनमै लिए” गत १८ गते, शुक्रवार सार्वजनिक भएको छ।

वि.स. २०४८/४९ मा रचिएको गित नेपाली समाजमा जवरजस्त रुपमा रहेको परमपरा, सास्कृतिक मूल्य र मान्यता अथवा मानव श्रिस्टि को लागि छोरी चेलीहरु जन्मघर, आमबुवा, दाजुभाईलाई एक बचनको भरमा छोडी पराईको घर नौ डाडा कति जानुपर्ने पिडादायक बाध्यता छ । यसलाई आम नेपालीहरुले बुझने भाषाशैली प्रयोग गरि गित तयार गर्नु भएको थियो।
उक्त वियोगान्त गित गाउघरमा चाडबादको बेला बिशेस तिहारको बेला स्थानीय बाजागाजामा गुन्जिने गर्थ्यो। अरुकै घर जाने जात भनेर छोरीलाई जन्मघरमा रहदा बेसरी काममा पेल्ने र शिक्षा बाट पनि बन्चित गरिने भेदभाबपूर्ण नेपाली समाजको चित्रण यो गितले गरेको छ। यसरि दुख गरि बाउमाइतिलाई आर्थिक रुपमा सम्पन्न बनाउन मदत गरि एउटा उमेर पुगे पछि चटक जन्म घर छाडी जानुपर्ने बाध्यतालाई लेखक राईले गीतमा उल्लेख गर्नुभएको छ। मुख्यत यो गित जनमोर्चा पार्टी (प्रकास)को सस्कृति टोलि “ईन्द्रेनि सास्कृति समाज”ले राजनीति जागरण अभियानमा बजाउने गरेको बताउनुहुन्छ सर्जक।

चाडबादको बेला माइती चेली जम्मा भै दुख सुखका कुरा गर्ने र रमाउने नेपाली सस्कृति परमपारा हो। यस गितले गाउ घरमा मादल र गितारको तालमा गित गाउदा पनि धेरैलाई रुवाउने गरेको बताउछ। नेपालीहरुले बिसेस मनाउने चाडपर्व दशैँ तिहारलाई मध्यनजर गरेर गीति रेकड गरिएको हो।

