काठमाडौं, बार्सिलोनाले भिल्लारियललाई ५–१ को फराकिलो जितसँगै स्पेनिस ला लिगामा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। आइतबार राति भएको खेलमा, बार्सिलोनाका रोबर्टो लेवान्डोस्की र राफिन्हाले दुई-दुई गोल गरे, जबकि पोब्लो टोरेले एक गोल थपे। भिल्लारियलका लागि अयोज पेरेजले एक मात्र गोल फर्काए।

खेलको २० औँ मिनेटमा लेवान्डोस्कीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए, र ३५ औँ मिनेटमा उनले अर्को गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। तर, ३८ औँ मिनेटमा अयोजले गोल फर्काउँदै भिल्लारियललाई खेलमा फर्काउने प्रयास गरे।
५८ औँ मिनेटमा पोब्लोको गोलले बार्सिलोनालाई पुनः अग्रता दिलायो। राफिन्हाले खेलको ७४ र ८३ औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई ५–१ को जित दिलाए।
अब बार्सिलोना १८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ, जबकि भिल्लारियल ११ अंकका साथ पाचौँ स्थानमा छ। अन्य खेलमा, गेटाफे र लेगेनास, र रायो भालेकानो र एथलेटिको मड्रिडले १–१ को बराबरी खेल्न पुगेका थिए। एथलेटिकोले भने सेल्टा डी भिगोमाथि ३–१ को जित दर्ता गर्यो।