काठमाडौं, भारतीय सञ्चारमाध्यमका अनुसार एक महिलाको गर्भमा अर्को बच्चा पाइएको छ। यो कुरा डाक्टरहरूले अल्ट्रासाउन्ड परीक्षणपछि थाहा पाएका हुन्। ती महिलाले बच्चा जन्माइसकेकी छन्। यस अवस्थालाई मेडिकल भाषामा “फिटस् इन फिटु” भनिन्छ, जसको अर्थ भ्रूणमा भ्रूण हुनु हो।

चिकित्सकहरूका अनुसार, यस्तो घटनाको सम्भावना १० लाख महिलामा एक जनामा मात्र हुन्छ। हाल नवजात शिशु जिल्ला अस्पतालको एसएनसीयू वार्डमा भर्ना गरिएको छ र बचाउन शल्यक्रिया गर्ने तयारी चलिरहेको छ।
मिडिया रिपोर्टअनुसार, सागर जिल्लाकी एक गर्भवती महिलामा यो दुर्लभ घटना घटेको हो। बुन्देलखण्ड मेडिकल कलेजका रेडियोलोजी विभागका अध्यक्ष डा. पीपी सिंहका अनुसार, ती महिलाले नवौँ महिनामा परीक्षणका लागि उनका निजी क्लिनिकमा आएका थिए।
परीक्षणका क्रममा महिलाको गर्भमा अर्को बच्चा रहेको आशंका गरिएको थियो, जसपछि उनलाई मेडिकल कलेजमा बोलाइएको थियो। त्यहाँ परीक्षण गर्दा, उनको पेटमा अर्को बच्चा वा टेराटो पाइएको थियो।
महिलालाई सुत्केरी गराउन मेडिकल कलेजमा लैजान सल्लाह दिइएको थियो, तर उनले आशा कार्यकर्ता लिएर केस्ली सामुदायिक स्वास्थ्य केन्द्रमा गई सामान्य सुत्केरी भइन्।
अल्ट्रासाउन्ड रिपोर्टमा महिलाको गर्भभित्र रहेको बच्चाको पेटमा गाँठो देखिएको थियो। डा. पीपी सिंहले भने, “जब हामी डपलर गरेर हेर्यौँ, तब रगत आउन थाल्यो। यसले भ्रूणमा भ्रूणको सम्भावना बढाएको छ। मैले मेरो जीवनमा यस्तो केस कहिल्यै देखेको छैन।”
डा. सिंहका अनुसार, मेडिकल इतिहासमा यस्तो घटना अत्यन्त दुर्लभ मानिन्छ, र अहिले सम्म विश्वभर २०० मात्र यस्ता घटनाहरू रिपोर्ट गरिएका छन्।
