Nepal made a poor start against Canada in the ICC World Cup League 2 triangular series 1

काठमाडौं, क्यानडाले आईसीसी विश्वकप लिग-२ मा नेपाललाई ५ विकेटले हराउँदै अंक तालिकामा शीर्षस्थानमा स्थान बनाएको छ। १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।

Nepal made a poor start against Canada in the ICC World Cup League 2 triangular series 1

क्यानडाका नवनीत धालिवालले ११३ बलमा ८ चौका र ४ छक्कासहित ८७ रन बनाए। परगत सिंहले ८३ बलमा ७ चौका र २ छक्कासहित ६४ रनको योगदान गरे। उनीहरूले दोस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार बनाए।

नेपालका सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी, गुलशन झा र ललित राजवंशीले १-१ विकेट लिएका थिए।

नेपालले ४६.१ ओभरमा १८१ रनमा अल आउट भएको थियो। सन्दीप लामिछानेले ४८ बलमा ५ चौका र १ छक्कासहित ४९ रन बनाएका थिए, जबकि गुलशनले ५६ बलमा ३४ रन बनाए।

क्यानडाका कलिम सानाले १० ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। क्यानडाको यो जीतपछि नेपालले ७ खेलमा १ जितसहित २ अंकको साथ सातौं स्थानमा छ, जबकि क्यानडाले ११ खेलमा ७ जित र ४ हारसहित १४ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ। नेपालको अन्तिम खेल मंगलबार ओमानसँग हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *