Skipper Rohit Paudel was run out Anil Shah was caught out and lost 5 wickets in 12 overs

काठमाडौं, कप्तान रोहित पौडेल र अनिल शाहको विकेट गुमाउँदा नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध संकटमा परेको छ। किंग सिटीस्थित नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले १२ ओभरमा ५ विकेट गुमाएर ३६ रन बनाएको छ।

Skipper Rohit Paudel was run out Anil Shah was caught out and lost 5 wickets in 12 overs

रोहितले ११ औं ओभरको दोस्रो बलमा ११ बलमा १ चौका सहित ४ रनमा रन आउट भए। मिडअनमा सट खेल्दै एक रनको लागि दौडिएपछि ननस्टाइकमा आरिफ शेखले थोरै अघि बढेर फर्केपछि दुबै ब्याटर एउटै एण्डमा पुगे, जसका कारण विकेटकिपर श्रेयस मोभ्भाले उनलाई रन आउट गरे।

अनिल शाह भने प्रविन कुमारको १२ औं ओभरको अन्तिम बलमा हर्ष ठाकेरबाट १ रनमा क्याच आउट भए, र नेपाल ३६-५ को संकटमा परेको छ।

त्यसअघि नेपालका शीर्ष तीन ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर आसिफ शेख २, अर्जुन साउद १० र भीम सार्की ४ रनमा आउट भए।

बायाँ हाते बलर कलिम सानाको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेखको ब्याटमा एज लाग्दै बल स्टम्पमा लागेर उनी बोल्ड भए। सानाको सातौं ओभरको अन्तिम बलमा भीम सार्की ४ रनमा विकेटकिपर श्रेयस मोभ्भाबाट क्याच आउट भए। डिलोन हेलिगरको आठौं ओभरको पाँचौं बलमा अर्जुन साउद बल रोक्न खोज्दा एज लागेर सेकेण्ड स्लिपमा साद बिन जाफरलाई क्याच दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *