काठमाडौं, नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध कमजोर सुरुवात गरेको छ। किंग सिटीमा रहेको नर्थवेष्ट क्रिकेट ग्राउण्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै २० रन बनाएको छ।

रोहित पौडेल र आरिफ शेख क्रिजमा रहेका छन्। नेपालले ओपनर आसिफ शेखलाई २ रनमा गुमाएको थियो। बायाँ हाते बलर कलिम सानाको पाँचौं ओभरको दोस्रो बलमा आसिफ शेखको ब्याटमा एज लाग्दै बल स्टम्पमा लागेपछि उनी बोल्ड हुन पुगे।
सानाको सातौं ओभरको अन्तिम बलमा भीम सार्की ४ रनमा विकेटपिकर श्रेयस मोभ्भाबाट क्याच आउट हुन पुगे। सानाको बाउन्सर बलमा भीम एज लागेर आउट भएका थिए।
डिलोन हेलिगरको आठौं ओभरको पाँचौं बलमा अर्जुन साउद बल रोक्न खोजे पनि एज लागेर सेकेण्ड स्लिपमा साद बिन जाफरबाट १० रनमा क्याच भएपछि नेपाल २०-३ को अवस्थामा पुगेको थियो।