Marxist leader Anura Kumara Dissanayake elected President of Sri Lanka

काठमाडौँ, भ्रष्टाचारविरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता लिएर चुनाव लडेका मार्क्सवादी नेता अनुरा कुमारा दिसानायके श्रीलंकाको राष्ट्रपति निर्वाचित भएका छन्।

Marxist leader Anura Kumara Dissanayake elected President of Sri Lanka

५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन्, जो विगत २० वर्षदेखि सांसद रहेका थिए।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नपाएपछि चुनाव दोस्रो चरणमा पुग्यो, जहाँ मतदाताले दोस्रो र तेस्रो प्राथमिकतामा दिएका उम्मेदवारहरूको मत गणना गरियो।

पहिलो चरणको नतिजाअनुसार, दिसानायकेले ४२.३६ प्रतिशत अर्थात् ५६ लाख मत प्राप्त गरे, जबकि उनका निकटतम प्रतिद्वन्द्वी सजित प्रेमदासाले ३२.७२ प्रतिशत अर्थात् ४३ लाख ३० हजार मत पाए। रनिल विक्रमासिंगे तेस्रो स्थानमा रहे, उनले १७‍.२५ प्रतिशत अर्थात् झण्डै २३ लाख मत पाए।

२०२२ को आर्थिक संकटपछि भएको यो पहिलो निर्वाचनले श्रीलंकालाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ। दिसानायकेले देशमा ठूलो परिवर्तन ल्याउने, भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने र गरिबलाई सहयोग पुग्ने आर्थिक नीति ल्याउने वाचा गरेका छन्।

तर, श्रीलंकाले ठूलो वैदेशिक ऋण र महँगीजस्ता समस्यासँग जुधिरहेकाले यो संकट समाधान गर्न सजिलो नहुने विज्ञहरूले बताएका छन्। – एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *