Harry Kane became the English player with the most goals in the Bundesliga

काठमाडौँ, गएराति भएको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमेनमाथि ५–० को फराकिलो जित दर्ता गर्दा केनले एक गोल आफ्नो नाममा गरेका थिए।

Harry Kane became the English player with the most goals in the Bundesliga

बुन्डेस लिगामा केनको ३६ खेलमा यो ४१ औँ लिग गोल हो। यसअघि बोरुसिया डर्टमन्डका लागि जाडोन सान्चोले ४० गोल गरेका थिए।

खेलको पहिलो हाफमा माइकल ओलिसे र जमाल मुसियालाले गोल गर्दै बायर्नलाई २–० को अग्रता दिलाएका थिए। ओलिसेले खेलको २३ र ६० औँ मिनेटमा गोल गरे।

केनले खेलको ५७ औँ मिनेटमा ओलिसेको पासमा गोल गर्न सफल भएका थिए।

खेलको ६५ औँ मिनेटमा गनाब्रीले गोल गर्दै बायर्नलाई ५–० को फराकिलो जित दर्ता गरे। लिगका चार खेलमा अपराजित रहेको बायर्न १२ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *