काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओली हाल संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्यूयोर्कमा उपस्थित छन्।

सचिवालयका अनुसार, ओली र गुटेरेसबीचको भेट स्थानीय समयअनुसार शनिबार साँझ ६ बजे भएको थियो। भेटमा विश्वका विभिन्न विषयमा विचारविमर्श गरिएको बुझिन्छ।
यसअघि, प्रधानमन्त्री ओलीले जीवाष्म इन्धनमुक्त संसदीय सञ्जालको कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए। भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल लगायतका सदस्यहरू सामेल छन्।
