काठमाडौँ, मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सरदर स्थानमा रहेको छ, जसको कारणले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। कर्णाली प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहँदै मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि कर्णाली प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
