Israeli military says airstrikes in Beirut Lebanon The IDF gave details of the rocket fire

काठमाडौं, बीबीसीका अनुसार, इजरायली सेनाले हवाई हमलाबारे थप जानकारी भने उपलब्ध गराएको छैन।

Israeli military says airstrikes in Beirut Lebanon The IDF gave details of the rocket fire

यसअघि, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानबाट उत्तरी इजरायलमा १४० रकेट प्रहार भएको जानकारी दिएको थियो, जसमा वायु रक्षा प्रणालीले १२० रकेट नष्ट गर्न सफल भएको दाबी गरिएको छ।

‘लगभग २० वटा रकेट मिरोन र नेटुआमा खुला क्षेत्रमा खसे,’ आईडीएफले भनेको छ।

इरान समर्थित समूह हिजबुल्लाहले उत्तरी इजरायलमा सैन्य लक्ष्यहरूलाई निशाना बनाइरहेको बताएको छ।

हिजबुल्लाहका अनुसार, ‘हामीले तोपखाना र मिसाइल बटालियनलाई लक्षित बनायौँ।’

आईडीएफले दक्षिणी लेबनानमा हिजबुल्लाह लडाकुहरूलाई निशाना बनाएको पुष्टि गर्दै, ‘कफर किला क्षेत्रमा आक्रमण गरिएका छन्,’ भनेको छ।

साथै, सोसल मिडियामा आईडीएफले भनेको छ, ‘वायु सेनाका लडाकु विमानले हिजबुल्लाहले प्रयोग गर्ने धेरै सैन्य भवनमा आक्रमण गरेका छन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *