1640858040 SEBON 1 1200x560 2

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षता छनोट प्रक्रिया रद्द गर्ने निर्णय सिफारिस समितिले गरेको छ ।

1640858040 SEBON 1 1200x560 2

अर्थ मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द भएको जानकारी दिएको छ ।

सिफारिस समितिले सर्टलिस्ट गरेका पाँचजना उम्मेदवारमध्ये तीनजना अन्तर्वार्तामा सहभागी नभएपछि के हुने भन्ने विषयमा समितिको बीच मतभेद थियो ।

समितिले यस विषयमा महान्यायाधिवक्ताको राय माग गरेकोमा उम्मेदवारमध्ये तीन जनाभन्दा बढी संख्यामा सिफारिस गर्न बाधा नपर्ने राय दिएको थियो । त्यसका बाबजुद पनि समितिले प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले राय पठाएपछि पनि यसअघि बुधबार दुई पटकसम्म समितिको बैठक बसेको थियो, तर कुनै पनि निर्णय हुन सकेको थिएन ।

स्रोतका अनुसार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा समिति संयोजक डा. मीनबहादुर श्रेष्ठ र सदस्य उदय निरौला सर्टलिस्टमा परेका पाँचजनाको नाम सिफारिस गर्ने पक्षमा देखिए, पनि त्यसमा अर्थसचिव मधु मरासिनीले असहमति जनाएका थिए ।

गत ४ माघ २०८० मा गठित सिफारिस समितिले अध्यक्षमा आवेदन माग गरेकामा १९ जनाले आवेदन दिएका थिए ।

समितिले तीमध्ये पाँचजनाको नाम सर्टलिस्ट गरी कार्ययोजना प्रस्तुतिकरण र अन्तरवार्ताको लागि बोलाएको थियो । सर्टलिस्टमा परेका ५ मध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका बहालवाला कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ कार्ययोजना प्रस्तुतिकरणको लागि उपस्थित भए ।

तर, बोर्डका अर्का कार्यकारी निर्देशक डा. नवराज अधिकारीसहित बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाई र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की भने कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।

SEBON Notice 1

धितोपत्र सम्बन्धी ऐनको दफा ७ मा सिफारिस समितिले कम्तिमा तीनजनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *