काठमाडौं, २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पमा ढलेको भिमसेन स्तम्भको छेउमा निर्माण गरिएको धरहरा संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको छ।

हालसम्म धरहराको ९८ प्रतिशत संरचना निर्माण सम्पन्न भएको बताइएको छ, तर पूर्णरूपमा निर्माण काम पूरा भएको छैन।
परीक्षणको लागि बुधबार ५ बजेदेखि विशेष व्यक्तिहरूका लागि खुला गरिएको धरहरा, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा निर्माण कार्य थालिएको थियो। २०७८ साल वैशाख ११ मा ओलीकै पालामा यसको उद्घाटन गरिएको थियो, तर पूर्ण सञ्चालनमा आउन सकेको थिएन।
सरकारले कुनै विशेष व्यवस्था नगरेसम्म, केही समयको लागि धरहरा निःशुल्क रूपमा चढ्न सकिनेछ। रंगरोगन र शृंगारका केही कामहरू बाँकी रहेका भए पनि यसले खास समस्या उत्पन्न नगर्ने जनाइएको छ।
