Nepal lost to Canada by 103 runs

काठमाडौं, नेपाल आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा क्यानडासँग खराब ब्याटिङ गर्दै १०३ रनले पराजित भएको छ। यो नेपालको क्यानडाविरुद्धको पहिलो ओडीआई हार हो।

Nepal lost to Canada by 103 runs

२५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा मात्र १५० रनमा अलआउट भयो। नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए।

नेपालका अन्य ब्याट्सम्यानमा ओपनर कुशल भुर्तेल १ रन, आसिफ शेख २० रन, भीम सार्की १८ रन, रोहित पौडेल ५ रन, कुशल मल्ल १२ रन, दीपेन्द्रसिंह ऐरी ८ रन, सोमपाल कामी ६ रन, सन्दीप लामिछाने २२ रन र गुलशन झा १५ रनमा आउट भए। क्यानडाका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए। अखिल कुमार र अंश पटेलले समान २-२ विकेट लिए भने सादविन जाफरले १ विकेट लिए।

यसअघि, क्यानडाले किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकेट ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनायो। ४० ओभरमा १४९–५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन थप्दै बलियो स्कोर खडा गरेको थियो।

क्यानडाका कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले। नवनीत धालिवालले ४८ रन, हर्ष थाकेरले २७ रन, डिलोन हेलिगरले ३० रन र साद बिन जाफरले १७ रन बनाए।

नेपालका तर्फबाट सोमपाल कामी र ललित राजवंशीले समान २–२ विकेट लिए भने सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १–१ विकेट हात पारे। नेपालले आगामी बुधबार ओमानसँग खेल्नेछ। नेपाल हालसम्म ५ खेलमा २ अंकका साथ लिगको सातौं स्थानमा छ भने क्यानडा ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ। नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *