Overwhelmed by Monsoon winds heavy rains in some places 2

काठमाडौं, देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ भने कोशी र मधेसमा हावाहुरीको चेतावनी जारी गरिएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर उत्तरतर्फ सरेको र पूर्वतिर सरदर स्थानमा रहेको कारणले अहिले देशभर मौसम आंशिकदेखि सामान्य बदली भएको छ।

Overwhelmed by Monsoon winds heavy rains in some places 2

कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ, भने कोशी र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।

राति गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदलीको स्थिति रहनेछ। मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित बाढी, पहिरो, र भूक्षयबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *