The government decided to hold local level by elections on November 16 1

काठमाडौँ, सरकारले सोमबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै यो जानकारी दिएको हो।

The government decided to hold local level by elections on November 16 1

सूचनामा भनिएको छ, ‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार जयन्ती (मोहम्मद दिवस) का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ। मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार मोहम्मद जयन्ती (मोहम्मद दिवस) मिति २०८१।५।३१ गते सोमबार पर्न लागेको हुँदा नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।’

यो सूचना सम्बन्धित सबैलाई जानकारीको लागि प्रकाशित गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *