Monsoon activity active across the country chances of heavy rain and storm in some areas

काठमाडौँ, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ, जसका कारण देशभर मनसुनी वायुको प्रभाव देखापरेको छ। पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि कायम छ।

Monsoon activity active across the country chances of heavy rain and storm in some areas

दिउँसोको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै वर्षा हुने पूर्वानुमान छ। कोशी प्रदेशका तराई क्षेत्रका केही भागमा हुरी चल्न सक्ने सम्भावना पनि छ।

राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने संभावना छ।

महाशाखाले कोशी, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा र कोशी प्रदेशको तराई क्षेत्रमा हुरी चल्न सक्ने खतरालाई ध्यानमा राखी सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित गेग्रान बहाव, बाढी, पहिरो, तथा भूक्षयको जोखिमबाट बच्न विशेष सतर्कता आवश्यक रहेको विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *