e93bb2b8 f1d9 43bc b088 3a3b083c1d70


काठमाडौँ, कबि बिक्रम सुब्बा, अध्यता भोगीराज चामलिंग र पुर्व मन्त्री गोपाल किराती द्वारा संग्रहित पुस्तक किरातदेश किरात गणराज्य मोर्चा यलाखोम समितिले प्रकाशन गरेको थियो।

e26251f2 b84e 4571 be85 ab086378d25a

प्रमुख अतिथि अन्तरिम संविधान २०६३ को मस्यौदाकार, नेपाल कानुन आयोगको पुर्व सदस्य, लाहुर्निपको सस्थापक अध्यक्ष अधिवक्ता शान्ति कुमारी राई, मुन्धुम अध्यता भोगीराज चम्लिङ्ग, पुर्व मन्त्री, किरात गणराज्य मोर्चाको संरक्षक गोपाल किराती र पुर्न नामकरण संघर्स समितिको नेता कृष्ण चौङ्गबाङ्गले पुस्तक औपचारिक रुपमा सार्वजनिक गर्नुभएको थियो।

9efb6eb6 85e4 4010 8b77 ef75f9b5e4a1

उक्त कार्यक्रमको संचालन किरात गणराज्य मोर्चा यलाखोम समितिको संयोजक रोसन किरातीले गर्नुभएको थियो। पुस्तकको महत्व यसको आवस्यकता र किरात गणराज्य मोर्चा आवस्यकता निर्माण बिषयमा प्रस्ट पार्दै अब देशको जिम्मा लिनुपर्ने भएकोले देश जिम्मा लिन्न सक्ने कार्यक्रम तयारी गर्नुपर्ने आवस्यकता छ। यस पुस्तकले यसमा महत्वपुर्ण भूमिका खेल्ने छ भन्दै आफ्न्नो महत्वपुर्ण भनाई राख्नुभएको थियो।

मुन्धुम अध्यता चम्लिङ्ग अबको आन्दोलनहरु इतिहासको बलियो आधारमा मात्र सफल हुने तर्क राख्नु भयो।,

वैचारी खुराक निर्माण गर्न यस पुस्तकले महत्वपुर्ण भूमिका खेल्ने भन्दै पुर्न नामकरण संघर्स समितिका नेता कृष्ण चौङ्गबाङ्गले आफ्नो भनाई राख्नु भयो।

हामी आदिबासीहरुले पनि पुस्तक लेखनमा ध्यान दिनुपर्ने, आफुले सभामुख सुवास नेम्माङ्गलाई पुस्तक लेख्न आग्रह गरेपनि नेम्माङ्ग जीले अल्छी गरेको भन्नु भयो। अन्तिरिम संबिधान २०६३ निर्माणमा आफुले राम्रो मेहेनत गरेको तर पहिलो संबिधान घोसणाको अन्तिम तयारीमा नेकपा एमालेले देश र जनतालाई सभामुखलाई लुकाएर ठुलो बदमासी गरेको थियो भन्नुभयो। पुस्तक माथि टिपनि गर्दै पुस्तक अहिलेको समयको आवस्यकता हो र यो सबैको हातहातमा पुग्नुपर्छ भन्दै लेखकहरुलाई बधाई दिनु भयो।

459994931 1896370247510788 1502577258631576342 n

संचालक रोशन किरातीले प्रमुख अतिथि, अतिथि र पत्रकार तथा सम्पूर्ण सहभागीहरुलाई कार्यक्रम सफल बनाउन महत्वपुर्ण भूमिका खेल्नु भएकोमा धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *